Lets make the world better !!!

Saturday, 18 August 2012

Writing My Own Eulogy


........मानिसको जीवन कति बाँच्छ होला? ७०-८० बर्ष। यहि छोटो समयका लगि पनि हामीलाइ आढ-भरोसा चाहिन्छ। आनन्द चाहिन्छ। प्रेम् गर्छौ, पल्लवित हुन्छौ। मानसम्मान चहिन्छ, विरत्वका किल्ला गाडिन्छन्। विजयका निमित्त युद्दको शंखघोष गरिन्छ। आशाका निमित्त आफ्नै शरिरको बलि चढाइन्छ। अपरिभाषित ज्ञानका निमित्त परिभाषित चोलालाइ मिथ्या बनाइन्छ। जीवनलाइ वन बनाइन्छ, अनकन्टार यात्रा  गरिन्छ। मान्छे महत्वाकांछि छ। धारणालाइ मुर्तरूप दिन ७० लाख यहुदिलाइ हिट्लरले मार्छ। गलतलाइ स्थपित गर्न उत्तराधुनिक कंकालहरू न्युक्लिएर् युद्ध गर्छन्, रकेटबाट। मार्क्स् आत्मालाइ बेच्छन्। लेलिन मानवबधशालाहरू निर्माण गर्छन्-'आदर्श' स्थापनाका निमित्त। सरलता वैरागिन्छ बुद्धत्वका निमित्त। माओ मान्छेलाइ भ्यगुत्ता भन्छन्, छेपारामाथि डोजर कुदाउछन्।  यता, आत्मा नभएका मान्छेहरुका आत्मालाइ श्रद्धान्जलि दिइरहेछन् कमरेड प्रचन्डहरू। कोहि समाजवाद भन्छन्, समाजलाइ रगतले मुच्छन्। पश्चिमेलिहरू ढुङ्गामा चमक लगाएर वहुमुल्य इश्वरलाइ किनबेच गर्छन डलरमा। प्रजतन्त्र र मानवताका घमन्डिहरू मान्छेलाइ पुजा गर्छन्, बमका फुल् चढाएर। पस्केको भात खान लागेकाहरूका हात काटिन्छन्। किसानहरू भोकभोकै किल्लावन्दिमा परेर मर्छन्। मान्छे भगवान हो। गौतम भगवान बने। क्राइष्ट भगवान् बने। अस्ति मात्र रजनिश भगवनबट फेरि ओशो बने। "अहम् ब्रह्मास्मि...." बोध हो, घमन्डका लागि हैन। हेरन, बाँच्नका निमित्त घमन्ड गर्नै पर्दो रहेछ, झुट बोल्नैपर्दोरहेछ। षडयन्त्रसँग सन्झौता नगरे काले भूल कलक नेताजी बन्ने थिएन। यो व्यबहारिक शिक्षा हो।लाग्छ, मेरो मान्यता स्थापनाका निमित्त मैले पनि षडयन्त्र जान्नै पर्छ। प्रीय कुमुदिनी, मेरो ७०-८० बर्षको छोटो जीवन पनि म रवाफमा बिताउन चाहन्छु, यस्तै अर्को झुट प्रतिपाद गरेर, अथवा षडयन्त्र गरेर। आजसम्म तिनिहरूले तिनिहरूलाइ तत्-तत् बिषयमा श्रेस्ठता दिए, अब म आफुलाइ घोषना गर्न चाहन्छु। मलाइ हिट्लरको महत्वाकांक्षि अस्तित्व मन पर्छ। तर सुबदना, अधरामृतको अघाडि मेरो महत्वकांक्षा बिलाएर जान्छ। मलाइ थाह छैन यो मेरो कमजोरी हो या तिम्रो सबलता। म तिमिलाइ असाध्यै माया गर्छु, मेरी पृयतमा।

मेरो आदर्श प्रकृति हो। प्राकृतिक छटामा चम्किने इन्द्राणि रङ्गहरू मेरा  उमङ्ग हुन्। वालकस्तुरीको दिनचर्यामा मेरो संबिधान लेखिएको छ। म प्राकृतिक हिंस्रक बाघ हु, अथवा बुर्कुसी मार्दै उफ्रने मृगशावक हु। बासुधराका लेकाली फाँटमा तिमिसँग गला जोड्दा, मेरी यौवना प्रेमीका, म सबभन्दा बढि पल्लवित हुन्छु। उच्च कैवल्य टाकुरामा स्वर्गकी जादुगर्नी अप्सरासँगको हनिमून् फिक्का छ, विप्रलव्धा! सात समुन्द्र मन्थन गरेर निस्किएको अमृत बेस्वदिलो छ, तिम्रो अधरामृतको अघाडी। कुमुदिनी, तिम्रो काखमा प्रकृतिप्रदत्त नृत्य गर्न आसक्त छु। तिम्रो शरिरको रोमरोममा मादकता लुकेको छ।................

from the page of my diary----"Writing My Own Eulogy"

Sunday, 3 June 2012

स्रष्टा, समय र सन्तान


स्रष्टा, समय र सन्तान

by Pashupati N. Joshi on Tuesday, May 18, 2010 at 6:37pm ·
-पशुपति ना. जोशी 
Image: PASHUPATI N. JOSHI

एकदिन अन्तरिक्षको धुमिल पर्दाभित्र
मेरा मित्र, तिमीले खुल्ला प्रकृतिको कल्पना गर्‌यौ।
वास्तवमा तिमी बहुलाएका थियौ।
अनायस उनीहरूले तिम्रो परिचय दिंदा,
तिमी स्वच्छन्दताको कोखलोमा रुमलिएर खित्खितायौ।

तिमी किन रोयौ र किन अस्पष्ट हाँसो हाँस्यौ
त्यो त समयको गर्भमा भ्रुण भएर
विकसित भैरहेछ।

मेरा मित्र, कुनैदिन इतिहासको फिल्टरले तिमीलाई उद्‌घोष गर्नेछ
र, तिम्रो अस्तित्ववान वेगको सम्ह्वावानसंगै अनौठो भूगोलको खाका कोर्नेछ।
तिम्रो हाँसो फेरि मेरो मगजमा झनझनउन थाल्नेछ,
त्यो दिन, म पनि तिम्रो अस्पष्ट हाँसो हाँस्नेछु,
बहुलाउनेछु;
वेदनामयी खकारको डल्लोले पृथ्वीको आकृतिलाई
सक्दो कलुषित तुल्याउनेछु।

त्यहाँ, म तिमीभन्दा बढ्ता विज्ञानी बनेर
तटस्थताको भाव कोर्दै सत्यवान आधारशीलाको
पूर्ण खाका कोर्नेछु, त्यसबेला तिमी, मेरा मित्र !
मेरो मानसपटलमा अपरिभाषित एक नयाँ ध्रुवताराको
सिरानी बनाएर
पृथ्वीभन्दा पर
बिना चमक टिलपिलाउनेछौ : पिलपिल-पिलपिल, मधुरो नक्षत्र !


म सचितानन्द तारा,
दिप्तिमय सप्तर्षिसंग एकता जोडेर
युद्दको आह्वन गर्नेछु
तिमी महत्वहीन कुनै आकाशगंगामा विलाउनेछौ
म ध्रुवतारा ! गलत अस्तित्वको पर्दफास गर्दै
स्वयं अस्तित्वको नयाँ नक्सा र विचारहरू कोर्नेछु
म नयाँ विश्व र नयाँ अस्तित्वको प्रचण्ड दुत ! 

दृश्य १


दृश्य १


by Pashupati N. Joshi on Monday, July 11, 2011 at 11:18pm
  
ऊ नेपाली नै हो भन्ने मलाइ पत्तोसमेत थिएन। अग्लो, टिमिक्क मिलेको जीऊ- डाइटिङमा होली मोरी। घुम्रिएको लामो कपालले मलाइ भित्र हृदयमा बेलाबेला चस्काइदिन्थ्यो जब ऊ मेरो चक्षुद्वारबाट मष्तिष्कमा फोटो अपलोड गर्थी। मसंगैको मेचमा बस्ने इरानी साथी प्रोजेक्टरको पर्दामा हेरेर कम र उसको गोरो वदनमा हेरेर बढ्ता सन्तुष्ट देखिन्थ्यो। मैले मनलहरीलाई रोकेर उसलाई महत्व नदिएझै घरी प्रोजेक्टर र घरी ल्यापटपको पर्दामा आँखालाई सिमीत राखेको थिंए। मापाका मन चौंध भुवनको यात्रा सेकेन्डमै गरेर उसैको अघाडी ठिङ्‍ग उभिन्छ।

कलास सकिनेबित्तिकै म बाहिर निस्किए। प्रकृती आफैमा मोहक छे। यसका गणचरहरू मलाई किन एक्लै छोड्दैनन्! घाम र पानी संगै पृथ्वीमा झरेर मलाई वाटरक्लब डान्सका लागि आह्वान गर्दैछन्। सानो लोखर्के छरितो गतिमा एक रुखबाट अर्कोमा हतारिएर अँगालो मार्दै चुम्बन गर्दै दगुरिरहेछ- कस्तो लाजै न’भाको।

धत्, सुनगाभा पनि उसैको अनुहार भिरेर मलाई तर्साउँछ- फूलको बुख्याचा! यो फ्यान्टासि, हलोसिनेसन वा डे-ड्रेमिङ्ग के हो? कस्तो विख्यात सादृश्यीकरण।

“एक्स्क्यूज मी, यू आर पशुपति राइट?” ओ टोनी मोरिसन, यो कुनै म्याजिकल रियालिटी त हैन?

“य्य्य्य्य, बट आई डन्ट थिंक, आई नो यू।”

छ्या कस्तो ठाडो बोलि बोलेछु, कति निर्लज्य भाष्य। उसलाई भने मेरो नामै था’छ। कमसेकम म सभ्य भाषामा त उसको प्रश्नको उत्तर दिन सक्थें। सायद मेरो केमेष्टिले काम गरेन क्यार!

“आई एम ललिता। ललिता पराजुली।” ऊ टिपिक्क मिलेका सेता दन्तलहर देखाएर मतिर हात बढाउँछे। “मि अल्सो फ्रम दी अबोड अफ गड।”

झटपट उसको सुन्दर हातमा मेरो हात एकाकार गराएर देवपरीको आग्रहमा म आफूलाई सन्तुष्ट पार्छु। “कनिङ्ग गर्ल, नाइस टू मिट यू। आई मिन क्लेभर गर्ल......", वाट अ ग्रेट रिभेलेसन अफ टक्सिक एब्राकाडाब्रा...!

आँखीभौं कुप्य्राएर भगवत् धाम निवासी सुन्दरी अजीव हाँसो हाँस्छे। “बट यू आर कनिङ मोर देन क्लेभर्।” उसको अधरमा हेरेर मा अधैर्य हुन्छु। ओ दा भिन्ची तिम्री मोनालिसा ता झोला भिरेर विश्वविद्यालायमा पो भेटिदिरहिछिन्।

चुलबुले लोखर्के पनि कतै देखिन्न। आकाश शान्त छ। उत्तरी वायु मन्द गतिमा झङ्कृत शरिरलाई शीतल बनाइरहेकोछ। प्रकृति पनि दोधारमा छे, न घाम न पानी। “तपाईले सोध्नुभएन त, मैले तपाईलाई कसरी चिनें भनेर।”
“मलाई सोध्नु छैन कि तिमिले मलाई कसरि चिन्यौ, तिमि मलाई चिन्छ्यौ म यसैमा सन्तुष्ट छु। र तिमि नेपाली पनि बोल्दिरहिछ्यौ।”
“अके, मेरो फेम्लिमा सबै नेपाली नै बोल्छन्।”
 .................................................................................................................................to be continued

गर्भादान


गर्भादान


-पशुपति ना. जोशी 
दियालोरोश्निको मृत्युपश्चत निभेको चितामा
उश्ण किरिटसङ्ग लडिबुडि गर्दै
मेरो कौमरित्वसङ्ग तिमिलाइ साटे
मेरो छोरा, तिमि मेरा एकमात्र आनन्द हौ,
मेरो भविश्यका।

पृथ्वि चक्रवातले निसास्सिरहेको बेला
गन्धयुक्त नालीबात उठाएर
फर्सिको बियसङ्ग सम्झौता गरेर
तिमीलाइ गर्भादान गरे
मेरो छोरा, दिपेन्त्यष्टि पुर्बक्षनक आशा हौ,
तिमी मेर एकमात्र आनन्द हौ।

पृथ्बिले माघको शुष्कतामा असार दिदा
शुष्क निरिह खोचहरुमा भेल बग्यो
खेतालहरु हौसिए, "समाधि परमानन्दम्"
आकाश गर्जिएर चट्याङ्ग तरङ्ग सङ्गै
बलिष्ट पुरुस्वर्थका साथ जङ्गार् तरेको बेला
मेरो प्यरो छोरा, मैले तिमीलाई गर्भादान गरे
तिमी मेरो एकमात्र आनन्द हौ।
...................................

Lets Unite


Lets Unite

By Pashupati N. Joshi on Tuesday, February 28, 2012 at 2:29pm

The political matter is paramount than any other social dimensions in contemporary Nepal. People fought for so called freedom although that was nothing more than a stupid game of blood. Previous generation(Suvarna, BP, Tarini's) of freedom fighter was utiliterian and leaders were opportunist. The second one (mainly Madan's) was confined to a rack less issue, especially concerned to the democratic ballet and party structure; GP played well in that matter.The contemporary ruling generation is no more concerned about the idea of justice, societal welfare, liberalization and so on in short run. The leading party UCPN(M), as obliged to communism, has put all of its effort to the variables of dialectal materialism to make them vivid.It may be the preparation for social revolution. Committed people(Dr. BRB, Vaidhya, Gajurel) are pushing it who are visioning the affair meticulously.From their point of philosophy, they are extraordinarily laddering up.They are proving their system invincible.
So far, about the democracy and democrats they are proving themselves incapable to exist in the world of conflict. If there is no peace, democracy will no longer survive. Nepalese democratic leaders never thought of it. Other systems such as monarchism, dictatorship, religious provisions etc. need social acceptance (although it does not mean the total approval,little approval is required)and that acceptance is deeply rooted with norms, values, culture, tradition, ethnicity, religion, territorial matter and linguistic; and these all are the anti-revulationary factors and the pillar of peace. If these variables are hit then revolutionary will gain. So if we demand peace with communist they will give us our head seperated. Peace is totally rejected in its pure sense in the period of social movement.................


we have a good example of RAMRAJYA in our religious literature. That also may be the alternative of communism or monarchism or socialism or capitalism…………..And many of us are in favor of this system too. I dnt have bird's eyes to visualize this system in modern seamless and knowledge society. ..................  ……………………………………………………………………………….I prefer democracy and egalitarian approach to reduce social injustice. For this we also have to raise our voice and produce terror to terrorist. Killing one guilty to save 100 innocent is not a crime……. As they are fighting and spreading the propaganda of war we must unite and spread the propaganda of peace.


""Those of us who love peace must organize as effectively as the war hawks. As they spread the propaganda of warwe must spread the propaganda of peace.-Dr. Martin Luther King"


..........Lets unite, and make our voice as much horrible as of Josuwa to the terrorist and as much melodious as of harp to the peace lover…..lets organize and fight !!!!!


Regards
Pashupati N. Joshi
Pashupati N. Joshi

Saturday, 26 May 2012

त्यो नाद त मैले पनि सुनेथें


-पशुपति ना. जोशी 
विम्व र आकृतिका प्रतिविम्वहरूमा 
साभारित प्रतिमाका पूज्य मूर्तिहरूमा 
सबै-सबैतिर तिमीलाई खोजें 
आज विक्षिप्त भएर ममा नै तिमीलाई नियालिरहेछु 
मेरा गीतहरूमा तिम्रो नाद खोजिरहेछु 
तिम्रो प्रस्थानमा बार-बार मलाई हराइरहेछु.... 

लाटोझै भकभकाउदै पुनरावृती गरिरहेछु तिम्लाई 
अनित्य भन्दै नित्य कष्टको साधना गरिरहेछु 
गीत गाउन बिर्सें, सुसेली हरायो, हाँस्न सक्दिन 
मुरली-बाँसुरीका स्वरहरू चिच्याउछन् 
तापनि म पग्लिन्न, मेरो मुटु चिप्लिन्न । 
गीत गाइ नसक्दै म लाटो भएँ; तिमी किन गयौ ? 
आउन प्रिय, मेरो गित पुरा सुनेर जाऊ 
म पोखिन चाहन्छु, पोखेर जाऊ, तिमी आऊ.... 

तिमी छँदा छटा थिए, जटा लमतन्न कुञ्ज थिए 
शैलटाकुरामा सुगन्ध थियो, जलकणमा रोश्नी थियो 
आमोदमा विनोद थियो, स्रष्टा कालजयी थियो 
जीवनमा माधुर्य थियो, समय मधुमास थियो 
‘चेतन-अवचेतन मादकता, सुवदना कलावती 
परमानन्दको अनाहत नाद, शैलसुगन्ध जलरोश्नी....’ 
सब-थोक हराए तिम्रो प्रस्थानसैंगै । 

अध्यात्म अज्ञानझै भयो 
हिलोको कमल सुक्यो, सुन्दरता गायब भयो 
मोक्ष कलुषित भयो, आनन्द नन्द तरेर हरायो 
आत्मा हिलोमा डुबेर पुकारिरहेछ 
प्रिय, तारेर जाऊ; तिमी आऊ.... 

त्यहा पनि, 
संगित उत्कर्षमा थियो, गीत सकिनै आँटेको थियो 
घोषणा हुनेवाला थियो, घोषित चुलिदै थियो 
चट्ट तिम्ले छोडेर हिड्दा, साधक मुर्छित भयो प्रिय 
ऊ फेरि कहिल्यै होसमा फर्केन, नन्द नदि झन् बढ्यो 
नन्दको हिलोमा ऊ पुरियो, तर उसको आत्माले उसलाई छोडेन 
उसको गित सकिनै आँटेको थियो, प्रिय तिम्ले अन्याय गर्यौ 
उसको आत्मामाथिको बलत्कार, उसले वैतर्णी तरेन 
उसको साधनाको अन्तिम गीत सकिनै आँटेको थियो 
आत्मा परमानन्द-नगरी आकाशबाट स्थलित हुंदै थियो 
उसले मोक्ष होइन, मोक्ष उसलाई पाउदै थियो 
बलात् ! उसमाथिको तिम्रो अन्याय, 
उसले नन्द नदीको हिलोमा चैतन्य गुमायो 
अनाहत नाद विस्मृत द्वन्द्वपापमा चुलिएर भष्म भयो । 

ऊ बाँचेको बर्ष

-पशुपति नाथ जोशी 
बैशाख-जेष्ठ
अटल छहारिमुनि लामो सुस्केरा सुसेल्दा
लेकालि फाँटहरूका गुराँस हल्लन्थे
कस्तुरी बुरुक्क उफ्रेर बास्नाको बहार छर्थ्यो
तल सेती नदीको सुरिलो गीत बज्थ्यो
यता देबदारू संगीत भर्थे
ऊ यसरी उन्मुक्त थियो ।

असार-साउन
ब्राइन आडमका गितहरूले म्युजियम घन्किरहेछ
ज्याक्सनका छरिता खुट्टाहरू स्टेजमा छन्
कानमा इएरफोन, आँखामा त्रिआयामिक रंगिन चस्मा
ऊ विश्व हेरिरहेछ, म्याकडोनाल्डको मेनु हातमा लिएर
वोतलमा सगरमाथालाई पिएर
यसरि ऊ प्रफुल्लित छ ।

भदौ-असोज
सन्तोषका कान्लामा उसले बर्लिनका पर्खाल नभत्कइकन
तियानमेनका कुमाले मुर्ति नडढइकन
गेस्टापो, कालो भूत र इमिनहरूलइ सलाम नगरेर
उसले तिमिलाइ फजि लजिक, हिपिहि र सेकेन्ड लाइफमा छटाइदियो त के भो
तिमी मान्छेभन्दा बढी साइबोर्ग बनेर नै त सन्तुष्ट छौ।

कार्तिक-मंसिर
श्लेषमान्तकमा गएर ऊ शीवजी बन्यो
तपोवनमा गएर साधना गर्यो पनि उसले
पङ्कि, जङ्कि बनेर तिमिलाइ कैयौपल्ट चुनौति दियो
हिप्पिजम उसको चिन्तनको पराकाष्ट हो ।
तिम्रो दुर्भिक्षताबाट उम्कने ग्यानका लागि ऊ वसन्तपुरमा चिच्याइरहेछ
को छटपटाउदैन प्रसवपिडामा !
कसलाई दुख्दैन प्रसवकालमा!
को हाँस्तैन स्वतन्त्रतापछि !

पुस-माघ
ऊसको हाँसो अब हिस्याइलो छैन
ऊसको पथ विचारहीन शरणागतिष्ट छैन
ऊ,
इष्टलाई चुनौति दिन्छ
भगवानको छोरोलाई प्रश्न गर्छ
न्यायका देवतालाई हिपाइष्टनको मुकुट देखाउँछ
अलेक्जेन्डरलाई ओएसिसमा दुई एकड जमिन दिन्छ
दुब्लो थारू सुकुम्बासी सेनाहरू म्यासिडोनिया जितेर फारस पुग्छन्।

फाल्गुन-चैत्र
त्राही, त्राही !! नागलोकका नागमणी कोदोका दाना बने
एपोलो, नन्दी, के-टू अन्तरिक्षबाट फर्के
तानाशाह साम्राज्यका मुकुटहरू गिरे
कायरो, त्रीकुल्ली, काटमाडौं भाँडभेदन नगाराहरू बजे
आर्य-अनार्य, काला-गोरा, छुत-हछुत सेतुस्तम्भ ठडिए
ज्यूज-क्रिष्टियन, हिन्दु-मुसलमान महाख्यान लोप भए
“मा हिंस्यात सर्वभूतानि !”
दिक्-कालका सिमाहरू मेटिए
अध्यात्मबादी, तोकायतिक, वैभाषिक, द्वन्द्ववाद एकाकार भए
सर्वमेतदृतं मन्ये ।

आज, उसको जिवनको अन्तिम दिन ।
संसारकान्तारमा प्राण छोडेको दिन ।
उसको चिता डढेको दिन !!

मलामिहरूले उसलाई कम्युनको सृजक भनें
गाँउलेहरूले रामराज्यको राम भनें
पण्डितहरूले उसलाई युटोपियाको वादशाह भनें
उसकि निरक्षर आमा भने दलानमा निष्चेष्टा पल्टिरहेकि छिन ।